रसुवागढी र सान्जेनको आइपीओ सोमबारदेखि फेरि खुल्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रसुवागढी र सान्जेनको आइपीओ सोमबारदेखि फेरि खुल्दै



काठमाडौं । रसुवागढी र सान्जेन जलविद्युत कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि साधारण शेयर विक्रि सकेपछि पुनः संस्थागत लगानीकर्ताका सस्था र ऋणदाता संस्थाका कर्मचारीहरुलाई आइपीओ खुला गरेको छ । सञ्चय कोष, रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारी र ऋण प्रदायक कम्पनीको लागि आइपीओ खुला गर्ने भएको हो ।

रसुवागढी हाइड्रो पावरले संस्थापक लगानीकर्ता संस्थाका कर्मचारीलाई २३ लाख ९४ हजार ७३५ र सान्जेनले १२ लाख ७७ हजार ५०० कित्ता साधारण सेयर (आइपीओ) यही चैत ५ गते भोलिदेखि फेरि बिक्री खुला गर्ने भएको हो ।

सान्जेन जलविद्युत कम्पनीले विद्युत प्राधिकरण, रसुवाका स्थानीय निकायका कर्मचारी र चिलिमे जलविद्युत कम्पनीलाई बिक्री खुलाएको हो ।

त्यस्तैगरि, रसुवागढीले संस्थापक ऋणदाता कम्पनी सञ्जय कोषका कर्मचारीलाई छ लाख ९४ हजार ४६ कित्ता आइपीओ र सान्जेनले तीन लाख ६५ हजार कित्ता सेयर निष्कासन गर्ने भएका हुन् ।

सान्जेनको आइपीओ बिक्री प्रबन्धकमा नागरीक लगानी कोष रहेको छ भने रसुवागढीको सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धक रहेको छ । सि–आस्वा सदस्य बैक तथा वित्तिय संस्थाबाट शेयरका लागि आवेदन दिन सकिने रसुवागढी हाइड्रोपावर लिमिटेडका प्रमुख माधव कोइरालाले जानकारी दिए ।

यसभन्दा अघिको आइपीओमा रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले सञ्चय कोषका सञ्चयकर्ताका लागि खुला गरेको आवेदनमा ६ गुणा बढी आवेदन परेको थियो ।

प्रकाशित : ४ चैत्र २०७४, आईतवार १३:४६