९ दशमलव ४ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

९ दशमलव ४ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ९ दशमलव ४ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १५२ कमपनीको ८ लाख ३३ हजार ९ सय ८६ कित्ता सेयरबाट ३० करोड ४ लाख ७९ हजार ७ रुपैयाको कारोबार भएको छ।
आइतबार सबै भन्दा धेरै होटल समुहे गुमाएको छ । आज होटल समुह ७० दशमलव ७६ अंकले ओरालो लागेको छ । आज इन्स्योरेन्स समुह ५२ दशमलव ४ अंकले, जलविधुत समुह ३३ दशमलव १३ अंकले, उतपादनमुलक समुह २६ दशमलव १५ अंकले, विकास बैँक समुह ११ दशमलव ९२ अंकले, लघुवित्त समुह १० दशमलव ९२ अंकले, बैँक समुह ६ दशमलव ५५ अंकले, फाइनान्स समुह २ दशमलव ११ अंकले र अन्य समुह १ दशमलव ३२ अंकले ओरालो लागेको छ।

प्रकाशित : ४ चैत्र २०७४, आईतवार १५:१७