रेमिट्यान्स सेवा बिस्तारमा एनआइसी आक्रामक, मलेशियाको म्याक्स मनी र मोरिससको एमएम रेमिटसँग सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रेमिट्यान्स सेवा बिस्तारमा एनआइसी आक्रामक, मलेशियाको म्याक्स मनी र मोरिससको एमएम रेमिटसँग सम्झौता



काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले मलेशियाको म्याक्स मनी र मोरिससको एमएम रेटिमबीच रेमिट्यान्स भुक्तानीको सम्झौता गरेको छ ।

बैंकले म्याक्स मनिसँगको सहकार्यमा मलेसियाबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको हो । बैंकले यस सम्बन्धमा म्याक्स मनि मलेसियासँग सम्झौता गरी नेपाल राष्ट्र बैंकबाट फागुन २७ गते स्वीकृति समेत पाइसकेको छ ।

सम्झोता अनुसार म्याक्स मनीको मलेशियामा अवस्थित २१ वटा शाखाहरुबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी एनआइसी एशिया रेमिटमार्फत पठाएको विप्रेषण रकम एनआइसी एशिया बैैंकका मुलुकभर फैलिएका १८४ वटा शाखा र ४,६०० भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बताइएको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेका अनुसार बैंकले एमएम रेमिटसँग कतार, यूएई, साउदी अरब र मौरिससबाट रेमिटेन्स भुक्तानी हुने गरी सम्झौता गरेको छ । एमएम रेमिटसँग रेमिट्यान्स कारोबार गर्ने अनुमति समेत केन्द्रीय बैंकले फागनु २७ गते नै दिएको बताइएको छ । सम्झौता अनुसार एमएम रेमिटमार्फत विभिन्न देशहरुबाट पठाएको विप्रेषण रकम एनआइसी एशियाका शाखा तथा सहायक प्रतिनिधिमार्फत प्राप्त गर्न सकिनेछ ।

 

प्रकाशित : ५ चैत्र २०७४, सोमबार ११:१५