दोर्दीखोला जलविद्युतको आईपीओ आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दोर्दीखोला जलविद्युतको आईपीओ आउने



काठमाडौं । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले साधारण शेयर आईपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित चैत २८ गते साधारण सभा बोलाएको हो ।

कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि शेयर निष्काशन गर्ने प्रस्ताव सभामा लैजाने भएको हो । साधारणसभाबाट उक्त प्रस्ताव पारित भएपछि शेयर निष्कासनको प्रक्रिया अगाडि बढ्ने कम्पनीले जनाएको छ ।

कम्पनीले लम्जुङमा १२ मेगावाटको दोर्दीखोला एक आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनामा सानिमा बैंकको नेतृत्वमा लक्ष्मी बैंक,कृषि विकास बैंक, कैलाश विकास बैंक लगायतले एक अर्ब ४० करोडको ऋण लगानी छ ।

डेढ वर्षमा सम्पन्न हुने लक्ष्य राखिएको आयोजनाको अनुमानित लागत २ अर्ब २९ करोड रुपैयाँ छ ।

प्रकाशित : ६ चैत्र २०७४, मंगलवार ११:३१