प्रभु बैंकद्वारा कृषि भण्डारण कर्जा शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रभु बैंकद्वारा कृषि भण्डारण कर्जा शुरु



बाँके । प्रभु बैंकले कृषि उपज भण्डारण गरेको रसिद धितोमा राखी कर्जा दिने भएको छ । बैंकले कोहलपुर क्षेत्रमा संचालनमा रहेको भेरी शीत भण्डार सहकारी संस्थामा आबद्ध कृषकलाई यो सुविधा उपलब्ध गराउने भएको हो ।

कृषि उपज भण्डारण गरेको रसिद धितोमा राखी प्रदान गरिने कृषि भण्डारण कर्जा सर्व–सुलभ ढंगले प्रदान गर्न प्रभु बैंकको कोहलपुर शाखाले उक्त सहकारी तथा युके एड सक्षमको सहकार्यमा शुरु गर्न लागेको हो । उक्त सेवाको सोमबार उद्घाटन समेत गरिएको छ ।

सोमबार कोहलपुर नगरपालिकाका नगरप्रमुख लुटबहादुर रावतले उक्त कृषि भण्डारण कर्जा उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख रावतले कोहलपुर क्षेत्रकै नवीनतम् सेवा भएको र यसले यस क्षेत्रका कृषकलाई साहु महाजनको चर्को व्याजबाट सुरक्षा प्रदान गरी आर्थिक आवश्यकता परिपुर्ति गर्ने कुरामा आफु विश्वस्त रहेको बताए ।

कार्यक्रममा ९५ जनाभन्दा बढी विभिन्न कृषक र कृषि पेशामा आबद्ध व्यापारीको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित : ६ चैत्र २०७४, मंगलवार १४:११