जनता बैंकले ७ ठाउँमा थपियो सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनता बैंकले ७ ठाउँमा थपियो सेवा



काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले २ शाख र ५ शाखा रहित बैकिङ्ग सेवा शुरु गरेको छ । बैंकले चैत महिनाभित्रै २ शाखा सहित ७ ठाउँमा  सेवा शुरु गरेको हो ।

बाराको सिमरौनगढ शाखा चैत्र १ र पोखराको बुढीबजार शाखा चैत्र ५ गते देखि सञ्चालनमा ल्याएको छ । यसै गरी बैंकले कैलाली जिल्लाको गौरीगंगा न.पा. ६, बनवेहडा, जानकी न.पा. १, दुर्गौली र गोदावरी न.पा. ८, स्याउले बजार साथै दाङ जिल्लाको राप्तीगा.पा. ४, मौरीघाट र लमही न.पा. ३, फलकापुर गरी पाँच स्थानबाटशाखा रहित बैंकिङ्ग सेवा समेत शुरु गरेको छ ।

यस सगै बैंकले देशभरीबाट ९८ शाखा संजाल, ३१ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित : ६ चैत्र २०७४, मंगलवार १५:३६