कावेली विकास बैंक र एलआईसी बीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कावेली विकास बैंक र एलआईसी बीच सम्झौता



काठमाडौं। कावेली विकास बैंक र एलआईसी नेपालबीच बंैकास्योरेन्स सम्झौता भएको छ । मंगलबार दुई संस्थाबीच औपचारिक रुपमा उक्त सम्झौता भएको हो ।

बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र वादे श्रेष्ठ र एलआईसी नेपालकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले धरानमा आयोजित एक समारोहबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले एलआईसी जीवन बीमाको एक अन्तराष्ट्रिय ब्राण्ड र आम नागरिकमा यसको विश्वसनियता रहेको ह“ुदा एलआईसीको जीवन बीमा योजनाहरु सवै शाखा कार्यालयहरुबाट बेचिने जानकारी गराए । कार्यक्रममा एलआईसी नेपालका बैकास्योरेन्स विभाग प्रमुख विवेक शर्मा, प्रबन्धक धिरेन्द्रकुमार दास साथै बैंकका एचआर प्रमुख मोहनप्रसाद ढुंगेलको उपस्थिति थियो ।

प्रकाशित : ७ चैत्र २०७४, बुधबार ११:५५