वल्र्डलिंकले ल्यायो ‘बिस तिस पचास अफर झक्कास’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

वल्र्डलिंकले ल्यायो ‘बिस तिस पचास अफर झक्कास’



काठमाडौं–वल्र्डलिंक कम्युनिकेशन्सले नेपाली नयाँ बर्ष २०७५ को अबसर पारेर डबल ब्याण्ड विथका साथमा ‘बिस तिस पचास, अफर झक्कास’ नामक योजना ल्याएको छ । यस अफरमा वल्र्डलिंकका ग्राहकहरुले डबल ब्याण्ड विड्थका साथमा ४४ प्रतिशतसम्म छुट र १२ महिनासम्म निशुल्क आइपि टिभी (नेट टिभी) सेवा पाउन सक्नेछन् ।

यस अफरमा वल्र्डलिंकका ग्राहकहरुले बिस, तिस र पचास एमबिपिएस गतिको अनलिमिटेड इन्टरनेट वार्षिक १२०००, १४००० र १६००० रुपैयाँमै पाउने छन् । यसका साथैे एक वर्षसम्म निशुल्क नेट टिभीसमेत प्रयोग गर्न पाउनेछन् । यस्तो गतिको सुविधा ३ महिना र १ महिनाको सेवा लिन चाहनेहरुले पनि पाउन सक्नुहुनेछ ।

वर्डलिंकले इन्टरनेट, आइपि टिभी, डाटा सेवा उपलब्ध गराउँदै आएको छ । यसका नेपालभर १ लाख ८० हजारभन्दा बढी सक्रिय ग्राहक छन् । यसका मुलुकभर ४० भन्दा बढी शाखा छन् ।

प्रकाशित : ८ चैत्र २०७४, बिहीबार १२:०५