स्वदेशी लघुवित्तले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्वदेशी लघुवित्तले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने



काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासनका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पुंजी ११ करोड ५० लाख रहेको कम्पनीको शत प्रतिशत हकप्रदपछि चुक्ता पूँजी २३ करोड पुग्ने छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

प्रकाशित : ९ चैत्र २०७४, शुक्रबार ११:२३