यस्तो छ सिटिजन्स बैंकको पूँजी बृद्धिको योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस्तो छ सिटिजन्स बैंकको पूँजी बृद्धिको योजना



citizen-bank-limitedकाठमाडौ । सिटिजन्स बैंक इन्टरनेशनको सेयर खरिद गरेका लगानीकर्ता यतिबेला बैंकले २ बर्षमा कसरी चुक्ता पुँजी ८ अर्ब पुरयाउला भनेर अंक गणितमा लागेका छन् । केही लगानीकर्ताले वोनस र हकप्रद सेयरबाट ८ अर्ब पुरयाउने तर्क गर्छन त कतिपयले मर्जरमा गएर चुक्ता पुँजी पुरयाउने धारणा राख्छन् ।

बैंकले आर्थिक वर्ष २०७१/७२ मा चुक्ता पुँजी २ अर्ब ५५ करोड ४३ लाख रुपैयाँ पुरयाएको छ भने खुद नाफा ७२ करोड ३८ लाख रुपैयाँ कमाएको छ । जसको नाफाबाट २० प्रतिशत वोनस लाभांश र त्यसमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय गरेको छ । बैंकले छिट्टै नै साधारणसभा गरि लगानीकर्तालाई उक्त लाभांश वितरण गर्ने भएकोे छ ।

आव २०७१/७२ मा चुक्ता पुँजी २ अर्ब ५५ करोड ४३ लाख रुपैयाँबाट बैंकले २० प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ६ करोड रुपैयाँ पुग्नेछ । चालु आवको नाफाबाट अर्को वर्ष बैंकले ३० प्रतिशत बोनस सेयर दिन सक्यो भने पनि करिव ४ अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।

यस हिसावले पनि बैंकको चुक्ता पुँजी ८ अर्ब पुरयाउन अझै ४ अर्ब रुपैयाँ आवश्यक पर्दछ । त्यसपछि पनि बैंक वोनस र हकप्रद सेयर जारी वा मर्जरमा जानुपर्छ । यी तीन उपाय अपनाएर मात्र बैंकको चुक्ता पुँजी ८ अर्ब पुग्छ । धेरैजसो लगानीकर्ताले दु्रतगतिमा नाफा बढाउँदै लगेकाले बैंकलाई चुक्ता पुँजी पुरयाउन समस्या नहुने तर्क गर्छन् ।

अन्य कुनै बैंकसँग मर्जरमा नगइ वोनस र हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी ८ अर्ब पुरयाए शेयरधनीलाई फाइदा हुने तर्क लगानीकर्ताले गरेका छन् । उनीहरुले वोनस र हकप्रदबाट पुँजी वृद्धि गर्न बैंकलाई सुझाएका छन् ।

बैंकले प्रत्येक बर्ष खुद नाफा बढाउँदै लगेकाले पनि आगामी दिनमा बढी लाभांश दिन सक्ने अबस्था देखिन्छ । बैंकले अर्थिक बर्ष २०७०/०७१ मा चुक्ता पुँजी २ अर्ब ३७ करोड ५० लाख थियो । जसबाट बैंकले खुद नाफा ४९ करोड ८० लाख रुपैयाँ कमाउन सफल भएको थियो । उक्त नाफाबाट बैंकले १८ दशमलब ९५ प्रतिशत लाभांश (१३ प्रतिशत नगद र ५ दशमलव ९५ प्रतिशत नगद) लाभांश वितरण गरेको थियो ।

बैंकले आव २०७१/७२ मा खुद नाफा ७२ करोड ३८ लाख रुपैयाँ कमाएको छ । यो अघिल्लो आवको तुलनमा २२ करोड ५७ लाखले बढी हो । खुद नाफा बढाउँदै लगेकाले पनि बढी लाभांश लगानीकर्ताले पाउने अपेक्षा गरेका हुन् ।

यसैगरी बैंकको आव २०६९/७० मा चुक्ता पुँजी २ अर्ब १० करोड १८ लाख रुपैयाँबाट खुद नाफा ४१ करोड ३२ लाख रुपैयाँ कमाएको थियो  । जसको नाफाबाट १५ प्रतिशत नगत लाभांश वितरण गरेको थियो ।

बैंकले बोनस सेयर मात्रै वितरण गरेर चुक्ता पुँजी पुर्याउन नसक्ने भएकाले हकप्रद सेयर वितरण गर्ने सम्भावना पनि छ । यसबाहेक बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने पनि त्यतिकै सम्भावना छ । बैंकले चुक्ता पुँजी पुर्याउनका लागि मर्जरको प्रस्ताव पनि अगाडि सारेको छ । बैंकले एक बाणिज्य बैंक र केही विकास बैंकहरु गाभेर पुँजी ८ अर्ब पुर्याउने योजना अगाडि सारेको छ ।

प्रकाशित : ४ आश्विन २०७२, सोमबार ०७:०५