कोरियन भाषा परीक्षाको तालिका परिवर्तन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

कोरियन भाषा परीक्षाको तालिका परिवर्तन



Korea exam
काठमाडौं । कोरियन भाषा परीक्षाको तालिका परिवर्तन भएको छ। श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको अध्यक्षतामा सोमबार बसेको निर्देशक समितिको बैठकले यही जेठ ३० र ३१ गते हुने भनिएको परीक्षाको तालिका सारेको हो। अब परीक्षा असोज २ र ३ गते हुनेछ।

महाविनाशकारी भूकम्प र त्यसपछिका परकम्पका कारण पूर्वनिर्धारित परीक्षा सम्पन्न गर्न असहज भएकोले छैठौं कोरियन भाषा परीक्षा २०७२ असोज २ र ३ गते सम्पन्न गर्ने  समितिले निर्णय गरेको हो।

प्रकाशित : ४ जेष्ठ २०७२, सोमबार १२:२६