अर्थमन्त्रीको अभिव्यक्तिलाई नेप्सेको लालसलाम, ५१ दशमलव ८९ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अर्थमन्त्रीको अभिव्यक्तिलाई नेप्सेको लालसलाम, ५१ दशमलव ८९ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारका विषयमा विवादास्पद अभिव्यक्ति दिएको भोलिपल्ट बजारमा भारी गिरावट भएको छ । साेमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ५१ दशमलव ८९ अंकले ओरालो लागेको छ। सोमबार कारोबारमा आएका सबै समुहले गुमाएका छन । सोमबार कारोबारमा आएका १५७ कम्पनीको १५ लाख ५८ हजार ८ सय ४ कित्ता सेयरबाट ४७ करोड ३३ लाख ९५ हजार ४ सय ११ रुपैयाको कारोबार भएको छ।

लहडवाजीमा शेयर लगानी नगर्नुस्ः खतिवडा

 

सोमबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह ३ सय ८३ दशमलव ९२ अंकले ओरालो लागेको छ। आज होटल समुह ८१ दशमलव ३४ अंकले, लघुवित्त समुह ७५ दशमलव ५२ अंकले, जलविधुत समुह ६९ दशमलव ४९ अंकले, उत्पादनमुलक समुह ६० दशमलव ९५ अंकले, विकास बैँँक समुह ५१ दशमलव २७ अंकले, बँैक समुह ४१ दशमलव ९८ अंकले, अन्य समुह २१ दशमलव ९४ अंकले र फाइनान्स समुह ४ दशमलव ७२ अंकले ओरालो लागेको छ ।

प्रकाशित : १२ चैत्र २०७४, सोमबार १५:२७