बन्दको विरुद्धमा उत्रिए पोखराका व्यवसायी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बन्दको विरुद्धमा उत्रिए पोखराका व्यवसायी



पोखरा। नयाँ संविधानको विरोध गर्दै तमुवान संघर्ष समितिले आह्वान गरेको बन्दको पोखराका व्यवसायीले प्रतिकार गरेका छन् ।

बन्दको प्रतिकार गर्दै पोखरा उद्योग बाणिज्य संघको अगुवाईमा सोमबार पोखरामा मोटरसाइकल र्‍याली निकालिएको छ ।

र्‍यालीमा सहभागीहरुले नयाँ संविधान जारी भएपछि बन्द गरेर सर्वसाधारणलाई दुःख नदिन आग्रह गरेका थिए । मोटरसाइकल र्‍यालीपछि पोखराका व्यवसाय तथा पसलहरु सन्चालनमा आएका छन् ।

यसैबीच जबरजस्ती बजार बन्द गराउँदै हिँडेका ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ । तमुवान राज्यको माग गर्दै तमुवान संघर्ष समितिले कास्की, तनहुँ, लमजुङ, गोरखालगायतका जिल्लामा बन्दको आह्वान गरेको थियो ।

प्रकाशित : ४ आश्विन २०७२, सोमबार ०७:१०