प्रधानमन्त्री र अर्थमन्त्रीलाई खुल्ला पत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विचार

प्रधानमन्त्री र अर्थमन्त्रीलाई खुल्ला पत्र



सम्माननीय प्रधानमन्त्री ज्यु तथा अर्थमन्त्रि ज्यु !

आजभोलि नेपाली सेयर बजारमा एउटा कुरा भाइरल भईरहेको छ बाम सरकारले नेपालको सेयर बजार धोस्त पार्यो ।  कतिपय त आन्दोलनमा जाने भन्दै छन् । सायद इकोनोमिक वार भनेको यहि हो कि ? सबै भन्दा पहिला अहिले दोश्रो बजारमा चलिरहेको एउटा सेयर को वास्तविक मूल्य १०० रुपैयाँ हो भने सामुहिक निस्कासन को १० रुपैया हो । अर्थमन्त्री ज्युलाई राम्रो संग थाहा नै होला कुनै कुनै सेयर को मूल्य ६०००, ८००० माथि छ जुन कम्पनि बर्षाै देखि साधारण सभा गर्न नसकेर बन्द नै हुने होकी भन्ने छ ।

अहिले सेकेण्डरी मार्केटमा ह्वात्तै मूल्य बढाएर खान पल्केकाहरुको रोइलो धेरै सुन्न पाइन्छ । प्रधानमन्त्री र अर्थमन्त्री खुबलाई गालि गरेको खुब सुन्न पाइन्छ । ३०-४० पोइन्ट तलमाथि भएको बेला कारोबार गरेर दोस्रो बजारलाई सके व्यापार नसके जुवा घर बनाउने यिनै रोइलो गर्ने ठुला भनाउदा लगानीकर्ता हुन्। उस्तै परे टिभी मा पनि आउछन यिनीहरु बहस गर्न । यो स्वतन्त्र बजार हो तर यिनीहरु हरियो मात्र मन पराउछन ।

 

नेप्सेको १८०० यात्रा कृतिम नै थियो, यो बेला उस्तै परे अन्तरवार्ता मै आइदिने गृहिणी पनि परे, बिद्यार्थी परे, सेयर किन्यो भने बसी बसी खान पाइञ्छ भन्ने सोचेर को को आए आए। तर १८०० यात्रा माथि जना सकेन । किनकि बजार सानो भयो तर आपूर्ति धेरै भयो। बिस्तारि बजार घट्दै जान थाल्यो। यो स्वाभाविक थियो र हो पनि । फेरि बजार यहि उचाई लियो भने भएभरको सेयर महँगोमा बेचेर भाग्छन यिनीहरु। आखिर मर्ने फेरी त साना लहडमा महँगोमा सेयर किन्नेहरु नै हुन ।

बिमल महत

माननीय अर्थमन्त्रि ज्युले भनेको कुरामा म सहमत छु । सेयर बजारमा लहडमा लगानी गर्नु हुदैन । यो त एकदम सहि भन्नु भाको हो । हुन पनि हो, सेयर बजारमा लहडमा लगानी गर्नु हुदैन । कम्पनि हेरेर उसले दिने बार्षिक बोनस कसैले रोकेको छैन। जस्तै नेपाल टेलिकम, नेपाल लाइफ इन्सुरेन्स जस्ता कम्पनिले ६०% सम्म बोनस दिएरहेका छन् । बाणिज्य बैंकहरुले १५ देखि ४० प्रतिशत सम्म दिएका छन् । वास्तवमा सेयर बाट हुने आम्दानी यो हो र यहि बोनस पाउछु भनेर लगानी गर्ने हो सेयरमा । हो यस्तो लगानीलाई उत्पादक लगानी भनिन्छ। तर कृतिम माग देखाएर सोझा लगानीकर्ता ठग्नु चाही अनुत्पादक नै हो । बरु उसले एउटा पसल राखेको भए कमाई गर्थ्यो होला। एउटा गृहिणीले टोपी बुनेर बेचेको भए आम्दानी हुन्थ्यो होला ।

र फेरि भन्छु, यी च्याउ सरि खुलेका माइक्रोफाइनान्सको सेयर २५०० रे, च्याउ सरि खुलेका इन्सुरेन्सको २००० रे अनि १०० रुपैयाँ फेस भ्यालु भएको सेयरको आम्दानी चाही १० प्रतिशत रे । यी साचिकै माफिया हैन त ? अनुत्पादक हैन त ? साचिकै तपाईले भन्नु भएको जस्तै यो बजार अनुत्पादक नै हो ।

अन्तमा,
सम्माननीय प्रधानमन्त्री ज्यु तथा अर्थमन्त्री ज्यु, वाम सरकारले कम्तिमा ५ वर्ष सरकार चलाउने जनताको म्यान्डेड पाएको छ। सेयर बजारलाई अलि प्राविधिक बनाउनुस। १० जना ठुला भनाउदा र ५० वटा ब्रोकरको चंगुल बाट निकाल्नुस । बजार स्वतन्त्र छ यसलाई स्वतन्त्र नै रहन दिनुस। राफसाफ हुने अनलाइन सिस्टमको लागि पहल गर्नुस। बजार ठुलो बनाउन हरेक गाउँ, नगर मा ब्रोकर जाने प्राबधान ल्याउनुस । बस ! लगानी गर्न चाहनेले लगानी गर्छन तर कसैले दबाद दिदैमा कृतिम माग बढाउने काम नगर्नुस ।

धन्यबाद
बिमल महत
लगानीकर्ता

प्रकाशित : १३ चैत्र २०७४, मंगलवार ०८:३६