संविधानको सेजनद्वारा स्वागत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

संविधानको सेजनद्वारा स्वागत



samidhanकाठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संविधानसभाबाट मुलुकको संविधान जारि भएकोमा स्वागत गरेको छ । साथै, संविधान जारि भए लगत्तै लामो राजनीतिक संक्रमण अन्त्य भइ आर्थिक समृद्ध तर्पm मुलुक अग्रसर हुने अपेक्षा गरेको छ । संविधानको कार्यान्वयनका क्रममा असन्तुष्ट पक्षलाई समेत समेटेर बिकास तर्पm मुलुकलाई अघि बढाउन सेजनले सरकारको ध्यानाकर्षण गरेको छ ।

संविधान जारि भएपछि राजनीतिक स्थायित्व हुने भएपनि लामो समय ओझेलमा परेका आर्थिक मुद्दालाई सुल्झाउन भने सुझबुझ पुर्ण निर्णय गर्न आग्रह गरेको छ । ‘यसका लागि प्रमुख ३ दलमा देखिएको एकतालाई सबै दलहरुसम्म पुर्याउन पहल गर्नु आवश्यक देखिएको छ,’ सेजनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘आर्थिक गतिविधि बढि हुने तराइ क्षेत्रमा जारि आन्दोलन वन्द गर्न गराउन सबै पक्षलाई शान्तिपुर्ण बाटो अवलम्बन गर्न माग गर्दछ ।’

प्रदेशहरुको सीमांकनसँगै तत्काल वित्तीय आयोग गठन गरि राजस्व र त्यसको बाँडफाँडका बिषयलाई वैज्ञानिक तवरबाट अगाडि बढाउन समेत आग्रह गरेको छ । स्थानीय निकाय लामो समयदेखि नेतृत्वविहिन रहेको अवस्थामा यसले भ्रष्टाचारलाई प्रश्रय दिएको छ । यसका लागि प्रान्त वा स्थानिय निकायको निर्वाचनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको जनाएको छ ।

पछिल्लो दशकमा बजेटमाथि हुने गरेको राजनीतिकरणले मुलुकको बिकास अवरुद्ध भइरहेको तर्पm पनि सेजन सरकारको ध्यानाकर्षण गराएको छ । आगामी दिनमा बजेट ल्याउने समय र पारित हुने समय सुनिश्चित गरि त्यसको कार्यान्वयनमा ध्यान पुग्ने छ भन्ने अपेक्षा छ । यसैगरि मुलुकमा लगानीको वातवरण बनाउन संसदमा बिचाराधीन विधेयक पारित गरि स्वदेशी विदेशी लगानीकर्तालाई आकर्षित गर्न समेत आग्रह गरेको छ ।

प्रकाशित : ४ आश्विन २०७२, सोमबार ०८:३२