सिजेएनद्वारा संविधानको स्वागत , दरिलो नियमनकारी निकाय गठन गर्न माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिजेएनद्वारा संविधानको स्वागत , दरिलो नियमनकारी निकाय गठन गर्न माग



sahakari_patrakar_samajकाठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले संविधानसभाबाट संविधान जारी भएकोमा स्वागत गरेको छ । २००७ साल अघिदेखि नै संविधानसभाबाट मुलुकको संविधान बनाउने नागरिक चाहना करिब ६८ वर्षपछि आएर पुरा भएकोमा सिजेएनले स्वागत गरेको हो ।

सिजेएनका अध्यक्ष डिल्ली प्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान जारी भए लगत्तै लामो राजनीतिक संक्रमण अन्त्य भई तिन खम्बे अर्थनीति मार्फत देश आर्थिक समृद्ध तर्पm अगाडी बढ्ने अपेक्षा गरेका छौं ।’
नयाँ संविधानको कार्यन्वयनसंगै वित्तिय सहकारीको व्यवस्थापन र उत्पादनमुलक सहकारीहरुको विकास र प्रवद्र्धनमा गम्भिर भएर लाग्नुपर्ने सिजेएनको माग गरेको छ । ‘विशेष गरि बचत तथा ऋण सहकारी संस्थाहरुमा बढ्दै गएको अस्तव्यस्तताले वित्तिय क्षेत्रमा थप संकट निम्त्याउने खतरा समेत बढेको छ । यसका लागि वित्तिय सहकारीहरुको व्यवस्थापन, अनुगमन र नियमनका लागि दरिलो नियमनकारी निकाय गठन गरिनु अहिलेको आवश्यकता हो ।’ विज्ञप्तिमा भनिएको छ ।

आगामी दिनमा ल्याउने बजेट सहकारी मार्फत दुरदराजमा परिचालन हुने र त्यसको कार्यान्वयनमा ध्यान पुग्ने छ भन्ने अपेक्षा समेत सिजेएनले गरेको छ । यसैगरि मुलुकमा उत्पादनमुलक सहकारीको विकास र प्रवद्र्धनमा समेत युवालाई आकर्षित गर्न सिजेएनले संसद र सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित : ४ आश्विन २०७२, सोमबार १५:३४