बुटवल पावर कम्पनीको एफपिओ बाँडफाँट आज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बुटवल पावर कम्पनीको एफपिओ बाँडफाँट आज



काठमाडौं । बुटवल पावर कम्पनीको एफपिओ आज बाँडफाँट हुँदै छ । विक्री प्रबन्धक एनएमबी क्यापिटलले धितोपत्र बोर्डसँग बुधबारका लागि बाँडफाँट गर्ने समय माग गरिसकेको छ ।

कम्पनीले एफपिओको सबै विवरण धितोपत्र बोर्डमा पठाइसकेको एनएमबी क्यापिटलले जानकारी दिएको छ । कम्पनीले माघ १५ गतेदेखि फागुन १५ गतेसम्म ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासन गरेको थियो ।

सर्वसाधारणका लागि जारी गरेको यस एफपीओमा निर्धारित अवधिमा सर्वसाधारणले पूर्ण आवेदन नगरेकाले माघ २६ देखि सङ्गठित संस्थाका लागि समेत आवेदन खुला गरिएको थियो ।

यस एफपिओ विक्री प्रबन्धकमा एनएमबी र सह विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेका छन् ।

प्रकाशित : १४ चैत्र २०७४, बुधबार ०८:१६