सामसुङको नोट फाइभ सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सामसुङको नोट फाइभ सार्वजनिक



काठमाडौं। सामसुङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले ५ दशमलव ७ इञ्च स्क्रिनसहितको ग्यालेक्सी नोट फाइभ नेपाली बजारमा भित्र्याएको हो । यसमा उपलब्ध गरिएको एस पेनले कार्य सम्पानदनमा सहजता ल्याउने कम्पनीको भनाइ छ ।

कार्यक्षमता र उत्कृष्ट फिचरसहितको नोट फाइभमा तस्वीर तथा भिडियो पारखीका लागि अत्याधुनिक क्यामराको व्यवस्था गरिएको छ । शक्तिशाली प्रोशेसरसहितको यो उपकरणको चार्जिङ (तारसहित र ताररहित) दुवै सर्वाधिक तीव्र रहेको कम्पनीको दावी छ । ४ जीबी र्यामसहितको यो उपकरणमा मल्टी टास्किङ, इण्टरनेटको प्रयोग, हेभी ग्राफिक्ससहितका गेमलगायको भरपुर मज्जा लिन सकिने कम्पनीले जानकारी दिएको छ ।

३२ जीबी सञ्चय क्षमतासहितको नोट फाइभको मूल्य नेपाली बजारमा ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । कम्पनीले फोनको खरीदमा उपभोक्ताका लागि हरेक महीना एनसेलको १ जीबी थ्रीजी डाटा ६ महीना अवधिसम्मका लागि निःशुल्क उपलब्ध गराउने जानकारी दिएको छ ।

प्रकाशित : ५ आश्विन २०७२, मंगलवार ०४:३१