मन्त्रीहरुको सेवा सुविधामा सैद्धान्तिक सहमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मन्त्रीहरुको सेवा सुविधामा सैद्धान्तिक सहमति



हेटौँडा ।प्रदेश नं ३ को मन्त्रीहरुको सेवा सुविधाको विषयमा सैद्धान्तिक सहमति भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको आजको बैठकले मन्त्रीहरुको सेवा सुविधाको सैद्धान्तिक सहमति र गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि गरी जम्मा दुईवटा निर्णय गरेको छ ।

बैठकले प्रदेशसभाको बैठकमा पेश गर्नका लागि गाउँसभा र नगरसभा सञ्चालन गर्नका लागि कार्यविधि तयार गरेको सरकारको प्रवक्ताको जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।

पत्रकारको प्रश्नको जवाफ दिँदै प्रवक्ता ढुंगेलले स्थानीय जनप्रतिनिधिको सेवा सुविधा फेरबदल हुन सक्ने बताउनुभयो । उहाँका अनुसार स्थानीय तहका कार्यपालिका र जिल्ला समन्वय समितिका सदस्यहरुले माग गरेको सेवा सुविधाको सम्बन्धमा पनि मन्त्रिपरिषद्मा छलफल हुनेछ ।

प्रकाशित : १६ चैत्र २०७४, शुक्रबार ११:५६