सन्राइज बैंक लिमिटेडको बानियाटार शाखा स्थानान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सन्राइज बैंक लिमिटेडको बानियाटार शाखा स्थानान्तरण

प्रकाशित मितिः १ असार २०७९



काठमाडौं । सन्राइज बैंक लिमिटेडले बानियाटार शाखालाई काठमाडांै जिल्ला, टोखा न.पा. वडा नं. ८ (साविकको स्थानबाट करिव ३० मि.को दुरी) मा स्थानान्तरण गरेकोे छ । आईतबार एक कार्यक्रम बीच बैंकका अध्यक्ष मोतीलाल दुगडले बानियाटार शाखाको समुद्घाटन गरेका छन् । बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको हो । त्यसैगरि बैंकले सेन्ट्रल पार्क विशालनगरमा एटिएम संचालनमा ल्याएको छ । सेन्ट्रल पार्क एटिएमको उद्घाटन सेन्ट्रल पार्कका अध्यक्ष कल्याण पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा रिबन काटेर गरेका थिए ।

हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ७६ वटा शाखा, ९५ वटा एटिएम, २० वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।

प्रकाशित : १८ चैत्र २०७४, आईतवार १४:३१