नेप्सेमा उल्लेख्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्सेमा उल्लेख्य सुधार



STOCKकाठमाडौं । अघिल्लो दिन उच्चदरले ओरालो लागेको शेयर बजारमा बुधबार भने सुधार आयो । बजार परिसूचक नेप्से २७ अंकले उकालो लागेर ११ सय ८३ पुग्यो । कारोबार भएका सबै समूह हरियो रहेसँगै नेप्सेमा उल्लेख्य सुधार आएको हो । बीमा समूहमा सबैभन्दा उच्च १ सय १ अंकको बृद्धि भयो ।

होटल समूह ४१ अंकले बढ्यो भने वाणिज्य बैंक समूह ३५ अंकले उकालो लाग्यो । जलविद्युत् समूहमा पनि ३० अंकको बृद्धि भयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय १७ कम्पनीको ८ लाख बढी कित्ता शेयर ४९ करोड ८८ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रकाशित : ६ आश्विन २०७२, बुधबार १४:२०