३ दशमलव २८ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

३ दशमलव २८ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ३ दशमलव २८ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएको फाइनान्स समुह बाहेक अरु सबै समुहले गुमाएका छन्। आज कारोबारमा आएका १५६ कम्पनीको १० लाख ७० हजार १ सय ९२ कित्ता सेयरबाट २० करोड ५९ लाख ३९ हजार ३ सय १५ रुपैयाको कारोबार भएको छ।
सोमबार सबै भन्दा धेरै उतपादनमुलक समुहले गुमाएको छ । आज उतपादनमुलक समुह ३३ दशमलव ४८ अंकले ओरालो लागेको छ। आज इन्स्योरेन्स समुह २३ दशमलव ५८ अंकले,होटल समुह १६ दशमलव ५४ अंकले,जलविधुत समुह ६ दशमलव २४ अंकले,लघुवित्त समुह ५ दशमलव २६ अंकले, विकास बैँक समुह ३ दशमलव ६४ अंकले ,बैँक समुह १ दशमलव ९६ अंकले र अन्य समुह ० दशमलव ६ अंकले ओरालो लागेको छ
आज फाइनान्स समुह भने उकालो लागेको छ। आज फाइनान्स समुह ३ दशमलव ४७ अंकले उकालो लागेको छ।

प्रकाशित : १९ चैत्र २०७४, सोमबार १५:१९