कोषले सेयर बजारमा स्थिरता ल्याउछ ः अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कोषले सेयर बजारमा स्थिरता ल्याउछ ः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा राम शरण महतले सेयर बजारमा स्थिरता ल्याउन कोषले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताएका छन । नागरीक लगानी कोषको बुधबार पोखरा शाखा कार्यलय उदघाटनको अवसरमा अर्थमन्त्री डा.रामशरण महतले कोषले बजार निर्माताको काम गरी पुँजी बजारमा स्थायत्वि ल्याउनुपर्ने बताएका छन । उनले सेयर बजारमा हुने अत्याधिक उत्तार चढावलाई रोक्न तत्काले कोषले बजार निर्माताको काम गर्ने अपेक्षा पनि गरे । सरकारले बजेटमै बजार निर्माताको काम गर्ने जिम्मेवारी कोषलाई दिएको थियो ।


सोही अवसरमा मन्त्री महतले कोषमा जम्मा भएको करिव ७० अर्ब रकम राष्ट्रिय विकासका परियोजनामा परिचालन गर्न सके आर्थिक वृद्विमा थप सहयोग पुग्ने धारणा राखे । उनले बचत रकमको सदुपयोग गर्नुपर्नेमा पनि जोड दिए । कार्यक्रममा मन्त्री महतले बन्द र हडताल सदाको लागि अन्त्य गर्नुपर्ने आवश्यकता औल्याए । उनले अहिलेको बन्द डर र त्रासको कारण  सर्वसाधारणले बाध्य भएर गर्नुपरेको बताउदै अब सदाको लागि बन्द हडताल अन्तय गर्न सवै रानीतिक पार्टी र तिनका भात्रृ संगठनलाई आग्रह गरे । बन्दले देश गरिवी तर्फ धकेलिने बताउदै मन्त्री महतले वार्ता र सम्वादबाट सबै समस्या समाधान हुने हुँदा यस तर्फ सम्वेदनसिल बन्न पनि सवैसंग आग्रह गरे ।
सो अवसरमा मन्त्री महतले सिआटी एसएमएस सेवाको पनि प्रारम्भ गरे । कोषले पहिलोचोटी यो सेवा सुरु गरेको हो । कर्मचारी वचत वृद्धि स्विकृत अवकाश कोषका सेवाग्राहीले अब मोवाइलबाट पनि सहजै कोषमा जम्मा भएको रकम हेर्न सक्छन । यसबाट करिव एक लाख ६१ हजार सेवाग्राहीले सुविधा पाउने अपेक्षा कोषले गरेको छ । सोही अवसरमा अर्थमन्त्री डा महतले दीर्घकालिन रणनीतिक योजना २०७२÷७३ देखी २०७६÷७७ को पनि बिमोचन गरे । सो रणनीतिमा कोषको ५ बर्षे खाका स्पस्ट पारिएको छ ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले कोषको गतिविधि माथी प्रकाश पार्दे कोषको नयाँ शाखाले नया उमंग थपेको प्रतिक्रिया व्यक्त गरे । उनले दीर्घकालिन सोच, ध्येय र लक्ष्यका साथ कोष अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे । पोखरेलले कोषको सेवाग्राहीलाई सहजता प्रदान गर्न सिआइटी एसएमएस सेवा सुरु गरेको बताउदै भविस्यमा सेवा ग्राही लक्ष्यित कार्यक्रमलाई प्राथामिकता दिने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित : ६ आश्विन २०७२, बुधबार १५:१२