एनएमबी बैंक सहित पाँच वटा सस्थालाई मर्जको निम्ती अन्तिम स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएमबी बैंक सहित पाँच वटा सस्थालाई मर्जको निम्ती अन्तिम स्वीकृति



काठमाडौं । एनएमबि बैंकसँग तीन वटा विकास बैंक र एउटा फाइनान्स कम्पनी अन्य चार वटा सस्था मर्ज हुने भएका छन् । अन्तिम स्वीकृति नेपाल राष्ट्र बैंकबाट पाएको छ । । क्लिन इनर्जी डेभलपमेन्ट बैंक, भृकुटी विकास बैंक, पाथिभरा विकास बैक र प्रुडेन्सियल फाइनान्स एनएमबिमा गाभिदै छन् ।

नेपाल राष्ट्र बैंकको बुधबार बसेको बोर्ड बैठकले एनएमबी बैंक सहित पाँच वटा सस्थालाई मर्जको निम्ती अन्तिम स्वीकृति दिएको छ । एनएमबी बैंकमा अन्य चार वटा सस्था गाभिन स्वीकृत दिने निर्णय भएको छ, राष्ट्र बैंक स्रोतले जनाएको छ । पाँच वटा सस्था एकै पटक गाभिन लागेको यो पहिलो पटक हो

पाँच वटै सस्थाले आफ्नातर्फबाट मर्जका निम्ती गृहकार्य पुरा गरिसकेकोले राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि कात्तिक १ देखि नै एकिकृत कारोबार थाल्ने जानकारी एनएमबी बैंकले जनाएको छ ।

करिव एक वर्ष अघि नै यी पाँच सस्था मर्ज हुने संझौता गरेका भएको थियो । क्लिन इनर्जी र प्रुडेन्सियल फाइनान्सल गत पुसमा एनएमबीसँगे संझौता गरेका थिए भने भृकुटी विकास बैंक र पाथिभरा विकास बैंकले भने त्यस अघि नै संझौता गरिसकेका छन् । प्रुडेन्सियल पहिले पनि गोर्खा फाइनान्स गाभिएको थियो ।

मर्जपछि बैंकको कूल पूंजी तथा जगेडा कोष गरी ६ अर्ब रुपैयाँ पुग्नेछ । मर्जपछि बैंकको नाम एनएमवि बैंक नै राख्ने सहमति भइसकेको छ ।

प्रकाशित : ७ आश्विन २०७२, बिहीबार ०८:०९