उद्योग बाणिज्य महासंघभित्र भाँडभैलो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उद्योग बाणिज्य महासंघभित्र भाँडभैलो



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघभित्र भाँडभैलो मच्चिएको छ । अध्यक्ष भवानी राणाले नेतृत्व सम्हाल्न नसक्दा महासंघभित्र भाँडभैलो मच्चिएको हो ।

 

महासंघकोे ५२ औं साधारण सभा आउन २६ दिन मात्र बाँकी हुँदा महासचिव सुरेशमान श्रेष्ठले चैत २ गते राजीनामा दिएका छन् । श्रेष्ठले राजीनामा दिएपछि महासंघभित्रको भद्रगोल बाहिर आएको छ । महासंघको नेतृत्वप्रति विभिन्न आरोप लगाएर महासचिव श्रेष्ठले राजीनामा दिएका हुन् ।

 

महासंघ जस्तो उद्योगी व्यबसायीहरुको छाता संगठनमा पनि राजनीतक शैलीमा आरोप प्रत्यारोप बढ्दै गएका कारण महासंघप्रतिको विश्वास पनि गुम्न थालेको छ । महासंघका पूर्व अध्यक्षहरुले बहिस्कार गरेका राणा आफूखुसी चल्न थालेपछि पदाधिकारीहरु आक्रोशित बनेका छन् ।

भ्रष्टाचार मुद्दामा फसेका प्रदिपजंग पाण्डेलाई बिधान विपरीत अध्यक्ष र त्यसपछि पशुपति मुरारकालाई महासंघको नेतृत्व सुम्पिएपछि पूर्व अध्यक्ष चण्डीराज ढकाल महासंघमा हावी भएका थिए । ढकाल हावी भएपछि महासंघको प्रतिस्पर्धा गर्न पाउने प्रजातान्त्रिक बिधानलाई पनि क्षतविक्षत गरी राणाकै लागि बिधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्राबधान राखेपछि उनी चुनाव नै नलडी अध्यक्ष बनिन् । जसका कारण उनलाई निरंकुश बन्न सहज भयो ।

वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने गरि बिधान संशोधन गरेपछि महासंघको विवाद जिल्लादेखि नगर उद्योग बाणिज्यसंघसम्म पुगेको छ । राणा नाम मात्रैकी अध्यक्ष हुन् भने बैंक डिफल्टर ढकालले महासंघ चलाइरहेका छन् । जसका कारण महासचिव श्रेष्ठले राणाले अबैधानिक काम गरेको भन्दै २३ बुँदे आरोप लगाउँदै १० महिनामै राजीनामा दिन बाध्य भए । महासचिव श्रेष्ठले महासंघ आर्थिक, प्रशासनिक सांगठानिक सबै हिसाबले पंगु बनेको, विधानलाई लत्याएर भवानी राणा अघि बढेकोलगायतका २३ बुँदे आरोप लगाएका छन् । आजको युनाइटेड पोष्टमा यो खबर छ ।

प्रकाशित : २२ चैत्र २०७४, बिहीबार १०:४४