८० करोड रुपैयाँ बराबरको स्याउ बिक्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

८० करोड रुपैयाँ बराबरको स्याउ बिक्री



कालीकोट। कर्णाली अञ्चलका ३ जिल्लाबाट मात्रै ८० करोड रुपैयाँ बराबरको स्याउ बिक्री भएको छ । स्थल यातायातको पहुँचसँगै कालीकोट, जुम्ला र मुगुका कृषकले स्याउखेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् ।

कृषि विकास कार्यालय जुम्लाका अनुसार भदौमा स्याउबाट मात्रै ३० करोड ३ लाख ४५ हजार रुपैयाँ आम्दानी भएको छ । जुम्लाबाट ८६७ मेट्रिकटन स्याउ निकासी भएको छ । यसको स्थानीय मूल्य प्रतिकिलो ३५ रुपैयाँ रहेको कार्यालय प्रमुख विष्णुबहादुर महतले बताए । उनका अनुसार जिल्लामा स्याउ बिक्रीका लागि सिफारिस लिन आउने कृषकको आँकाडाका आधारमा यो हिसाब निकालिएको हो ।

सिफारिस नलिएर पनि स्याउ बिक्री गर्ने गरिएकाले आम्दानी अझै धेरै भएको कार्यालयका प्राविधिक सहायक खेमराज शाहीले बताए । उनका अनुसार जुम्लामा मात्रै २० हजार मेट्रिकटन स्याउ फलेको छ । हालसम्म कार्यालयबाट १६२ कृषकले मात्रै बिक्री सिफारिस लिएका छन् ।

यता, कृषि विकास कार्यालय कालीकोटका अनुसार यो वर्ष १६ हजार मेट्रिकटन स्याउ उत्पादन हुने लक्ष्य राखिए पनि असिनापानीका अन्य कारण ७ हजार मेट्रिकटन मात्रै उत्पादन भएको छ । भदौमा ६ सय मेट्रिक टन स्याउ बिक्री भएको अनुमान कार्यालयको छ । यसबाट कालीकोटका कृषकले २१ करोड रुपैयाँ आम्दानी गरेका छन् ।

स्याउ बिक्रीका लागि कृषकले सिफारिस लिने चलन नभएका कारण कति बिक्री भयो भन्ने तथ्यांक नभएको कार्यालयका निमित्त प्रमुख परशुराम काफ्लेले बताए । उनका अनुसार २५ कृषकले ३ सयका दरले स्याउ राख्न कार्टुुन मागे पनि बिक्री तथ्यांक भने छैन ।

मुगु कार्यालयका अनुसार गत वर्ष १ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जिल्लामा यो वर्ष १६ हजार मेट्रिकटनभन्दा बढी उत्पादन भएको छ । यकिन तथ्यांक नभए पनि यसको मूल्य ३० करोडभन्दा बढी भएको कार्यालयले जनाएको छ । कारोबारबाट

प्रकाशित : ७ आश्विन २०७२, बिहीबार ०८:१३