चीनको नाका खोल्न सरकार तयार छ: अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चीनको नाका खोल्न सरकार तयार छ: अर्थमन्त्री



हुम्ला । अर्थमन्त्री डाक्टर रामशरण महतले चीन नाका खोल्न सरकार तयार रहेको बताएका छन ।

हुम्लाको सदरमुकाम सिमिकोटमा बिहीबार गरिएको कार्यक्रममा अर्थमन्त्री डाक्टर महतले चीनको नाका खोल्दा आवश्यक वस्तु आयात गर्न सजिलो हुने भएकाले हिल्सा नाका खोल्न आवश्यक पर्ने सहयोग गर्न सरकार तयार रहेको बताएका हुन ।

उनले सरकारले हिल्सा–सिमिकोट सडकखण्डका लागी आवश्यक बजेटको समेत व्यवस्था गर्ने बताए । नेपाल–चीन सिमामा रहेको हिल्सा नाकामा पुल निर्माणका लागी चीन सरकारसँग पहल भइरहेको समेत उनले जानकारी दिए  ।

कर्णाली करिडोरमा भएका कामहरुको स्थलगत अनुगमनका लागि अर्थमन्त्री डाक्टर महतसहितको १९ जनाको टोली हुम्ला पुगेको हो ।

प्रकाशित : ७ आश्विन २०७२, बिहीबार १०:०९