नाडाको अध्यक्षमा शम्भुप्रसाद दाहाल निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नाडाको अध्यक्षमा शम्भुप्रसाद दाहाल निर्वाचित



काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एशोसिएशन (नाडा) को अध्यक्षमा शम्भुप्रसाद दाहाल निर्वाचित भएका छन् । नाडाको ४१ औं साधारणसभाले दाहाललाई अध्यक्षमा निर्वाचित गरको हो ।

दाहालले ६ सय ६० मत ल्याए भने प्रतिस्पर्धी रामप्रसाद कँडेलले जम्मा ६८ मत मात्र प्राप्त गरेका थिए । नाडामा कुल साढे ८ सय मतदाता रहेकोमा ७ सय ५२ मत खसेको थियो ।

फोटो बिज्मान्डुबाट लिइएको

सोमबार भएको नाडाको निर्वाचनमा दाहालको प्यानल नै निर्वाचित भएको छ । नाडाको कुल १४ जनाको केन्द्रिय सदस्यमा सबै जना दाहाल प्यानलबाटै निर्वाचित भएका हुन ।

दाहाल प्यानलबाट सदस्यहरुमा कृष्णप्रसाद दुलाल, करणकुमार चौधरी, अभिक ज्योति, सुनील रिजाल, अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती (सुरेश), विक्रम सिंघानिया, प्रकाश कपुरी, सुरज भट्टराई, दीपक अग्रवाल, मिलनबाबु मल्ल, पंकज अग्रवाल, नन्दकिशोर शाही र नीलमणि पाठक (राम) निर्वाचित भएका छन् ।

नाडाको उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायत अन्य पदाधिकारी भने नाडाको कार्यसमिति भित्रबाटै चयन गर्ने प्रावधान रहेको छ ।

प्रकाशित : २६ चैत्र २०७४, सोमबार १८:२३