नेपाल लायनले १० प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल लायनले १० प्रतिशत लाभांश दिने



money2-390x293काठमाडौं । नेपाल लायन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड त्रिपुरेश्वर, काठमाडौंले सदस्यहरुलाई १० प्रतिशत लाभांश दिने भएको छ ।

संस्थाका अध्यक्ष कुबेर बहादुर राउत क्षत्रीको अध्यक्षतामा सम्पन्न पन्ध्रौं बार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो । सभामा अध्यक्ष राउतले गत बर्षको तुलनामा आ.ब. २०७१÷०७२ मा सेयर पूँजीमा १०.८१ प्रतिशतले बृद्धि भई ३ करोड १४ लाख ९७ हजार भएको जानकारी गराए । त्यसैगरी निक्षेप संकलन २० करोड ९२ लाख ३५ हजार पुगेको, कर्जा लगानी २२ करोड ७१ लाख ८१ हजार गरेको र खुद नाफा ४२ लाख ५६ हजार भएको अध्यक्ष राउतले बताए ।

साथै सभाले कुबेर बहादुर राउत क्षत्रीको अध्यक्षतामा नयाँ सञ्चालक समितिको पनि चयन गरेको छ । उपाध्यक्षमा बाबुराम अधिकारी, सचिबमा सुरेन्द्र राउत क्षत्री, सदस्यहरुमा बालकृष्ण उपाध्याय, भोजबहादुर ढकाल, रामचन्द्र भण्डारी, माधबप्रसाद शिवाकोटी रहेका छन् । त्यसैगरी लेखा समितिको संयोजकमा देबराज सुवेदी र सदस्यमा प्रमिला थापा र मुकुन्द प्रसाद शिवाकोटी रहेका छन् ।

प्रकाशित : १२ आश्विन २०७२, मंगलवार ०३:१३