कैलाश विकास बैंकको ४७औं शाखा दमकमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कैलाश विकास बैंकको ४७औं शाखा दमकमा



काठमाडौं । कैलाश विकास बैंकले झापा जिल्लाको दमकमा आफ्नो ४७औं शाखा विस्तार गरेको छ । सोमबार दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले एक कार्यक्रमकाबीच शाखाको उद्घाटन गरेका हुन् ।

बैंकले ४७ शाखा र २२ एटीएमबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । साथै निकट भविष्यमा बाराको गंजभवानीपुर, सिराहाको बेल्हा, पर्साको विरगंज लगायतका ठाउँमा शाखा खोल्ने तयारी भइरहेको जानकारी गराएको छ ।

बैंकको चुक्तापूँजी २ अर्व ५२ करोड रुपैयाँ छ । २० अर्व ४ करोड रुपैयाँ निक्षेप संकलनगरी बैंकले १८ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रकाशित : २७ चैत्र २०७४, मंगलवार १७:५१