बैंक अफ काठमाडौँको २७ प्रतिशत बोनस प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंक अफ काठमाडौँको २७ प्रतिशत बोनस प्रस्ताव



काठमाडौं। बैंक अफ काठमाडौँको संचालक समितिको बैठकले  लगानीकर्ताको लागि चुक्ता पुँजीको २६ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि करिब १ दशमलब ३  प्रतिशत  नगद लाभांश दिने प्रस्ताव गरेको छ  । प्रस्ताबित बोनस शेयर पारित भए पश्चात बैकको चुक्ता पूँजी २ अर्ब ६७ करोड पुग्नेछ ।

सो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएमा र कम्पनीको साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई प्रस्ताव बमोजिमको लाभांश वितरण गरिने छ ।

बैंकले गत आर्थिक बर्षमा ३३  करोड ४२ लाख रुपैंया  खुद नाफा कमाउन सफल भएको थियो  । त्यसै गरि  बैंकले गत आर्थिक बर्षमा निक्षेपमा १५ दशमलब ६५ प्रतिसतले वृद्धि गरि ३९  अर्ब  ४६ करोड  र कर्जा तर्फ १५ दशमलब ६६ प्रतिसतले वृद्धि गरि ३३ अर्ब ३८ करोड पुर्याएको छ । निस्क्रिय कर्जा ३ प्रतिसत रहेको छ ।

देशका १४ अञ्चलमा बैंक अफ काठमाण्डू लिमिटेडकोे  ५० शाखा, ५७ एटिएम  र  ८ एक्स्टेन्शन काउन्टर संचालन रहेका छन्।

प्रकाशित : १२ आश्विन २०७२, मंगलवार ०३:३१