इन्धन अभावको चरम अभाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

इन्धन अभावको चरम अभाव



काठमाडौं ।भारतले सिमा क्षेत्रबाट इन्धन बोकेका ट्रकहरु नेपाल प्रवेशमा रोक लगाएपछि नेपालमा इन्धन अभावले चरम रुप लिएको छ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण इन्धन बोकेका ट्रकहरु नेपाल प्रवेश गर्न भारतले निषेध गरेको छ ।

यता इन्धन अभावका कारण सरकारले आइतबार देखी सवारीसाधनहरु जोरबिजोर प्रणालीमा चलाउन आग्रह गरेको छ । नेपाल आयल निगमसंग पेट्रोलियम पदार्थको मौज्दात कम भएपछि सरकारले जोरबिजोर प्रणालीको लागु गरेको हो । यस्तै निगमले समेत निश्चित पम्पहरुलाई मात्र पेट्रोलियम पदार्थ वितरण गर्दै आएको छ ।

निगमले मंगलबारको लागि थानकोट डिपोबाट ५६ पम्पहरुलाई २३ लाख ६ हजार लिटर डिजेल वितरण गरेको छ भने १३ पम्पहरुलाई एक लाख तिन हजार लिटर पेट्रोल वितरण गरेको छ । यता निगमले सवारीसाधनहरुलाई कोटा प्रणालीमा पेट्रोलिम पदार्थ उपलब्ध गराएको छ ।

अहिले सवारीसाधनहरु जोरविजोर प्रणालीमा गुडिरहेका छन् । यसरी जोरबिजोर प्रणालीको लागुले सवारीसाधनहरु चपमा कमी आएको छ । साथै इन्धन अभावका कारण सवारीसाधनहरु विस्तारै पातलिँदै गएको छ । यता पम्पहरुमा भने सवारीसाधनहरुमा लाइन बढ्दै गएको छ ।

प्रकाशित : १२ आश्विन २०७२, मंगलवार ११:५७