गोपाल पराजुलीले ७ महिना ९ दिनको पारिश्रमिक र सुविधा फिर्ता गर्नुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गोपाल पराजुलीले ७ महिना ९ दिनको पारिश्रमिक र सुविधा फिर्ता गर्नुपर्ने



काठमाडौं । निवर्तमान प्रधानन्याधीश गोपाल पराजुलीले ७ महिना ९ दिनको पारिश्रमिक र सुविधा फिर्ता गर्नुपर्ने भएको छ ।

निजामति किताबखानाले ७ महिना ९ दिनको अतिरिक्त सुविधा फिर्ता गरेपछि मात्रै निवर्तमान प्रधानन्याधीश गोपाल पराजुलीको पेन्सनपट्टा बनाईदिने भएको छ ।

किताबखानाले सर्वोच्च अदालतलाई पत्र लेखी पराजुलीले गत साउन २१ देखि फागुन मसान्तसम्म लिएको सबै सुविधा फिर्ता गराउन भनेको हो । आजको कान्तिपुरमा यो खबर छ ।

जन्ममिति विवादपछि पदमुक्त भएका पराजुलीको अवकाशको झन्डै एक महिनासम्म् पनि पेन्सनपट्टा बन्न नसकेको हो ।

प्रकाशित : २९ चैत्र २०७४, बिहीबार ०८:३५