५ खर्ब ५ अर्ब रुपैयाँ अनियमित खर्च « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

५ खर्ब ५ अर्ब रुपैयाँ अनियमित खर्च



काठमाडौ । प्रचलित कानुन उल्लंघन गरी मुलुकको ढुकुटीबाट भएको अनियमित खर्चको रकम ५ खर्ब ५ अर्ब रुपैयाँ पुगेको समाचार कान्तिपुरले मुख्य समाचार बनाएर छापेको छ । गत वर्ष २०७३/७४ सम्मको बेरुजु रकम ३ खर्ब ९६ अर्ब रुपैयाँ थियो ।

महालेखा परीक्षक कार्यालय स्रोतलाई उद्धृत गर्दै कान्तिपुर लेख्छ( यो वर्ष १ खर्ब ९ अर्ब रुपैयाँले बेरुजु रकम वृद्धि भएको छ । यस पटक स्थानीय तह ९गाउँ र नगरपालिका०को बेरुजुसमेत लेखापरीक्षण मूल प्रतिवेदनमा समावेश भएकाले बढेको हो ।

लेखा परीक्षण वर्ष २०७३र७४ को बजेट १० खर्ब ४८ अर्ब रुपैयाँ थियो । लेखापरीक्षणबाट हेर्दा कुल बजेटको झण्डै आधा हिस्सा रकम बेरुजु देखिएको हो । बेरुजुको यो आकार एकै वर्षको भने होइन ।

प्रकाशित : २९ चैत्र २०७४, बिहीबार ०९:०९