६ वर्षदेखि यौन तालिम, ११ वर्षमा विवाह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

६ वर्षदेखि यौन तालिम, ११ वर्षमा विवाह

प्रकाशित मितिः १ असार २०७९



यो संसारमा पनि विभिन्न अचम्मका कुराहरु सुन्नुपर्दछ । सामान्यतया ६–७ वर्षका बालबच्चाहरु भनेको पढ्ने, खेल्ने, रमाइलो गर्ने उमेरका मानिन्छन् । जसको शारीरिक तथा मानसिक पूर्णरुपमा विकास भइसकेको हुँदैन । यस्तो बेलामा आमाबुवाहरुले आफ्ना बालबच्चालाई पढ्न र खेल्नका लागि जोड दिएका हुन्छन् । तर, यहाँ पपुवा न्युगीनीको एक आदिवासी जनजाति समुदायमा ६–७ वर्षका बच्चाहरुलाई यौन शिक्षा र सम्बन्धका लागि शिक्षा र अनुमति दिइने गरिन्छ । ट्राबिएन्डर्स नामको यो समुदायमा ६ वर्षमा तालिम दिने र ११ वर्षको उमेर विवाह गरिदिने चलन रहेको छ ।

शारीरीक सम्बन्धका लागि बच्चाहरुलाई तालिम दिईने गरिएको छ भने जुन बच्चाहरुको बीचमा शारीरीक सम्बन्ध बनेको हुन्छ उनीहरुलाई नै विवाहको सहमति दिईन्छ । आपसी सहमतिमा बच्चाहरुले पार्टनर बदल्न पनि सक्छन् । यसरी सम्बन्ध बनेपछि उनीहरु धमाधम बच्चा जन्माउन थाल्दछन् १२ वर्षपछि नै । २० वर्षको उमेरमा उनीहरु ४–५ जना बच्चाको आमाबाबु बनिसकेका हुन्छन् ।

यसरी हुन्छ बिबाह
विवाह हुनुपूर्व केटी केटाको घरमा गएर एकरात बस्छिन् । र बिहान आफ्नो घर फर्किनुपर्ने हुन्छ । तर त्यसअघि केटीकी आमाले दुवै जोडीका लागि खानेकुराहरु लिएर जान्छिन् र खुवाएपछि छोरी लिएर फिर्ता हुन्छिन् ।

विवाहपछि बच्चा जन्मियो भने केटीले बुबाको घर छाड्नै पर्ने हुन्छ । त्यो बेला केटीले चाहेमा अरु नै केटासगँ गएर बस्न सक्छिन् । त्यसैले यो समुदायलाई यस आईल्याण्डमा फ्रि लभ कम्युनिटि समेत भन्ने गरीन्छ । यो समुदायको संख्या करीब १२ हजार रहेको त्यहाँको सरकारले जनाएको छ । उनीहरुको भाषा पनि फरक रहेको छ । एभरेष्ट दैनिकबाट

प्रकाशित : २९ चैत्र २०७४, बिहीबार १९:०४