ग्लोबल आइएमई बैंकको शाखा कालिकोटको स्यूना र पोखराको उत्तम चोकमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ग्लोबल आइएमई बैंकको शाखा कालिकोटको स्यूना र पोखराको उत्तम चोकमा



काठमाडौं । ग्लोबल आइएमई बैंकले बुधबार दुई सथानमा शाखा खोली कारोबार संचालन गरेको छ ।
बैंकले कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नंं. ५, स्यूना र कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका वडा नंं. १०, उत्तमचोकमा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

थप २ स्थानमा शाखा कार्यालय संचालनमा ल्याएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १२२ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२२ वटा शाखा, १२८ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : २९ चैत्र २०७४, बिहीबार १९:०९