मेट्रो डेभलपमेन्ट बैंकको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मेट्रो डेभलपमेन्ट बैंकको लाभांश घोषणा



काठमाडौं । मेट्रो डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई आगामी वार्षिक साधारण सभामा १९ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको अब हुने छैठौं वार्षिक साधारण सभामा शेयरधनीहरुले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रायोजनका लागि पाउने भएका छन् ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांशको स्विकृतिका लागि केन्द्रिय बैंक पठाइएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बैंकको संचालक समितिको १०९औं बैठकले उक्त लाभांशको प्रस्तावलाई स्विकृति गरेको हो ।

यस बैंकले गत आर्थिक वर्षमा ४ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । समिक्षा अवधिमा बैंकले २ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरि १ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको हाल चुक्ता पुँजी २० करोड ३९ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : १२ आश्विन २०७२, मंगलवार १२:१२