घुस खाने, गुण्डासँग मिल्ने र दायाँबाँया गर्ने प्रहरीलाई छाडिन्नःखनाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

घुस खाने, गुण्डासँग मिल्ने र दायाँबाँया गर्ने प्रहरीलाई छाडिन्नःखनाल



काठमाडौं । प्रहरी माहानिरीक्षक सर्वेन्द्र खनाललले इमान्दारीतापूर्वक काम नगर्ने प्रहरीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । उपत्याकाका तीनवटै जिल्लाका प्रहरी अधिकारीलाई निर्देशन दिने क्रममा महानीरिक्षक खनालले सो कुरा बताएका हुन ।

खनालले शान्तिसुरक्षाको जिम्मेवारी नै संगठनको पहिलो दायित्व भएको बताउँदै राज्यले दिएको जिम्मेवारी निर्वाह नगर्ने जोकोहीलाई पनि सेवामा बस्ने अधिकार नभएको उनले बताए ।

देशभरको प्रहरीको छाया नै उपत्यका र काठमाडौं प्रहरी भएको बताउँदै प्रहरीको इमान र शाख गिर्ने कुनै पनि काम नगर्न उनले निर्देशन दिए।

प्रहरीकै मिलोमतोमा विभिन्न अपराध, तस्करी र गुण्डागर्दीलाई प्रश्रय दिने काम भइरहेको सन्दर्भमा विभिन्न सञ्चारमाध्यममा आइरहेका समाचारहरुलाई संकेत गर्दै खनालले भने , “घुस खाने, गुण्डासँग मिल्ने र दायाँबाँया गर्ने प्रहरीलाई छाडिन्न, त्यसैले आफ्ना गलत प्रवृती त्यागौं ।”

प्रकाशित : २ बैशाख २०७५, आईतवार १३:५६