कर्मचारी दक्षतामा ध्यान देउः गभर्नर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कर्मचारी दक्षतामा ध्यान देउः गभर्नर



काठमाडौं ।  नेपाल राष्ट बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुलाई कर्मचारीको दक्षतामा ध्यान दिन आग्रह गरेका छन । नेशनल  बैंकिङ्ग  ईन्ष्टिच्युट  लिमिटेड (एनबीआई)ले  राखेको बैंक तथा वित्तिय संस्थाका उच्च व्यक्तिहरुसँग भेटघाटको कार्यक्रमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवि नेपालले एनबीआईको प्रगति विवरणको समीक्षा गर्दै नेपालमा बैंक तथा वित्तीय संस्थाको लागि दक्ष जनशक्ति उत्पादन गर्न खेलेको भूमिकाको प्रशंसा गरे ।

कार्यक्रमा गभर्नर डा. नेपालले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुलाई तालीम तथा वृत्ति विकासलाई गम्भीर रुपमा लिन र बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई सबल बनाउन लागी परेको एनबीआईलाई पूर्ण सहयोग गर्न आग्रह गरे । उनले वित्तीय क्षेत्रमा दक्ष जनशक्ति नभएको खण्डमा कुनै पनि बैंक तथा वित्तीय संस्था सबल सुद्धढ हुन नसक्ने दाबी गरे । अन्त्यमा डा. नेपालले एनबीआईको दिगो विकास तर्पmको अग्रसरतालाई नेपाल राष्ट्र बैंकले संधै साथ दिने र आवश्यक सहयोग गर्ने बताए ।

कार्यक्रमको अवसरमा डा. नेपालले एनबीआई स्थापना गर्न निर्वाह गरेको महत्वपूर्ण भूमिका र त्यसयता एनबीआईलाई यति छोटो समयमा नेपालको प्रमुख तालीम प्रतिष्ठान बनाउन लिएको नेतृत्व र संस्थामा पुर्याएको योगदानको कदर गर्दै निवर्तमान अध्यक्ष सशिन जोशीलाई सम्मान गरे ।

कार्यक्रममा एनबीआईका अध्यक्ष शोभन देव पन्तले स्वागत मन्तव्य व्यक्त गर्दै एनबीआईले बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत जनशक्तिलाई दक्षता अभिवृद्धि गर्ने काममा निरन्तर लागि रहने बताए । यही क्रमको निरन्तरता अनुरुप हालसम्म ८ सय  भन्दा बढी कार्यक्रमहरुबाट बैंक तथा वित्तीय संस्थामा कार्यरत देशभरका १८ हजार भन्दा बढीलाई तालीम दिएको बताए ।

एनबीआईका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले संस्थाको विगत पाँच वर्षको प्रगति विवरण र कार्यक्रमका झलकहरु प्रस्तुत गर्नुका साथै आगामी दिनमा एनबीआईले गर्न लागेको कार्यक्रम तथा गतिविधिहरु वारे जानकारी दिए ।

उक्त कार्यक्रममा एनबीआई का सञ्चालक समितिका सदस्यहरु, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतज्यूहरु लगायत डेभलपमेन्ट बैंकर्श एशोसियसनबाट समेत उपस्थिति रहेको थियो ।

प्रकाशित : १४ आश्विन २०७२, बिहीबार ०२:५०