शेयर बजारमा झिनो सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शेयर बजारमा झिनो सुधार



काठमाडौँ । २०७५ सालको पहिलो कारोबार आज आइतबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से २ दशमलव ६ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका धेरै जस्तो समुहले कमाएका छन् ।

 

आज कारोबारमा आएको बैँक,जलविधुत,फाइनान्स र उतपादनमुलक समुह बाहेक अरु सबै समुहले कमाएका छन् । आज कारोबारमा आएका १५९ कम्पनीको ६ लाख ५५ हजार ३ सय १४ कित्ता सेयर बाट ३० करोड ३१ लाख २८ हजार २ सय ७७ रुपैयाको कारोबार भएको छ ।

आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह ८३ दशमलव ८४ अंकले उकालो लागेको छ । आज होटल समुह २२ दशमलव ४१ अंकले,लघुवित्त समुह ११ दशमलव ७४ अंकले, अन्य समुह ५ दशमलव २९ अंकले र विकास बैँक समुह १ दशमलव ३६ अंकले उकालो लागेको छ।

आज सबै भन्दा धेरै जलविधुत समुहले गुमाएको छ। आज जलविधुत समुह ८ दशमलव ३३ अंकले ओरालो लागेको छ । आज उतपादनमुलक समुह ३ दशमलव ६७ अंकले, फाइनान्स समुह २ दशमलव ५४ अंकले र बैँक समुह २ दशमलव २५ अंकले ओरालो लागेको छ ।

प्रकाशित : २ बैशाख २०७५, आईतवार १५:१६