गठबन्धन सरकारका ६ मन्त्रीले दिए राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गठबन्धन सरकारका ६ मन्त्रीले दिए राजीनामा



गठबन्धन सरकारका ६ मन्त्रीहरु बिहीबार पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री रानिल विक्रमासिंघेविरुद्ध संयुक्त प्रतिपक्षी दलले ल्याएको अविश्वासको मतलाई समर्थन गरेको केही दिनपछि ती मन्त्रीहरुले आज राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री विक्रमासिंघे नेतृत्वको दल युनाइटेड नेश्नल दलसँग गठबन्धन सरकार चलाइरहेको राष्ट्रपति सिरिसेना नेतृत्वको दल श्रीलंका फ्रिडम दलका मन्त्रीहरुले गए राती राष्ट्रपतिसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका थिए ।

पद त्याग गर्ने मन्त्रीहरुमा प्रकोप व्यवस्थापन, खेलकुट, सामाजिक सशक्तिकरण तथा कल्याण, श्रम, विज्ञान, प्रविधि तथा अनुसन्धान, शिप विकास तथा व्यवसायिक तालिम मन्त्रालयका मन्त्रीहरु रहेका छन् ।

पछिल्लो हप्ता पूर्व राष्ट्रपति महिन्दा राजापाक्ष नेतृत्वको संयुक्त प्रतिपक्षी दलले ल्याएको अविश्वासको प्रस्तावलाई मन्त्रीहरुले समर्थन गरेपछि प्रधानमन्त्री विक्रमासिंघेको दल युएनपीका सदस्यहरुले ती मन्त्रीहरुको सरकारबाट बर्खास्तीको माग गरेका थिए । एजेन्सी

प्रकाशित : २ बैशाख २०७५, आईतवार १०:०२