‘प्रभुको बिङ्गो’ योजना,४८ दिने योजनामा हजारौंले नगद उपहार प्राप्त गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

‘प्रभुको बिङ्गो’ योजना,४८ दिने योजनामा हजारौंले नगद उपहार प्राप्त गर्ने



काठमाडौं । प्रभु मनि ट्रान्स्फर प्रालीले दशैं तिहार छठ योजना २-०-७-२ अन्तर्गत ‘प्रभुको बिङ्गो’ योजना ल्याएको छ ।  विगतका वर्ष देखि नै विभिन्न स्किम ल्याउँदै आएको प्रभुले यस वर्ष पनि त्यसलाई निरन्तरता दिंदै ‘अन्तिम ४ अंकको नम्बर मिलाऔं प्रभुको बिङ्गो जितौं रमाऔं’ योजना ल्याएको हो ।

असोज १४ देखि मंसिर १ सम्म ४८ दिन लागु हुने योजनामा प्रभु मनि ट्रान्स्फर मार्फत पैसा पठाउँदा उपलब्ध हुने गोप्य संकेत नं. को अन्तिम ४ अंक २०७२ को संयोजनबाट बनेको जुनसकै नम्बर भएमा २ हजार देखि ५ हजार सम्म जित्न सकिने बताइएको छ । ग्राहकले प्राप्त गरेको अन्तिम ४ अंकमा २०७२ भएमा ५ हजार प्राप्त गर्न सकिने योजनामा ७ बाट शुरु भएमा ४ हजार, शुन्यबाट शुरु भएमा ३ हजार त्यसैगरी २ बाट शुरु भएमा २ हजार प्राप्त गर्न सकिने प्रभु मनि ट्रान्स्फरका  उपाध्यक्ष कुसुम लामाले जानकारी दिए ।

सार्वजानिक योजना अनुसार उपहार बापतको रकम विदेशबाट पैसा पठाउँदा नेपालमा पैसा भुक्तानी लिने आफन्तजनलाई र स्वदेश भित्र पैसा पठाउँदा पठाउने व्यक्तिलाई तुरुन्तै प्रदान गर्ने उपाध्यक्ष लामाले बताए । साथै मलेशियाबाट नेपालमा पैसा पठाउने ६ जनालाई घर आउनको लागि एयर एसियाको एक तर्फी हवाई टिकट समेत प्रदान गर्ने प्रभुले जनाएको छ ।

 

विगतका वर्षमा बम्पर उपहारमा सीमितले मात्रै उपहार प्राप्त गरेकोले अहिले त्यसलाई परिमार्जन गरी आफ्ना धेरै ग्राहकको मुहारमा खुसी ल्याउन हजारौंले प्राप्त गर्ने योजना ल्याएको बताइएको छ । त्यस्तै प्रभु बैंकले यो योजनामा बैंकिङ पार्टनरको भूमिका निर्वाह गर्ने बैंकका सिइयो अशोक शेरचनले जानकारी दिए ।

प्रकाशित : १४ आश्विन २०७२, बिहीबार ०२:५५