जिमेल चलाउनु हुन्छ ? वृहत परिवर्तनको तयारी गर्दैछ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जिमेल चलाउनु हुन्छ ? वृहत परिवर्तनको तयारी गर्दैछ



छिट्टै नै तपाइँको जिमेल इनबक्समा परिवर्तन देखापर्नेछ । गुगलले जिमेलमा केही वृहत परिवर्तनको तयारी गरेको छ । गुगलले जी स्विट अकाउन्ट्स एडमिनिस्ट्रेसनलाई पठाएको एक इमेलमा यो तथ्यको खुलासा भएको हो ।

त्यस अनुसार गुगललमा गर्न थालिएका ५ वटा मुख्य परिवर्तन यी हुन्ः

जिमेलबाट एप्समा सहज पहुँच ः गुगलले जिमेल प्रयोगकर्ताका लागि जिमेल बन्द नगरीकनै एपहरु खोल्न सकिने कुरालाई सहज बनाउँदैछ । अब प्रयोगकर्ताले आफ्नो जिमेलबाटै एप्ससम्म पुग्न सक्नेछन् ।

स्मार्ट रिप्लाई ः छिटै नै जिमेल प्रयोगकर्तालाई जवाफ टाइप गर्नु आवश्यक हुनेछैन । विशेषगरी धन्यवाद, लेट्स गो जस्ता जवाफ टाइप गर्नुपर्नेछैन । जिमेलमा तपाइँले पहिले तयार गरिएका यस्ता बनिबनाउन जवाफहरुको सूची प्राप्त गर्नुहुनेछ ।

इमेललाई क्लययशभ गर्न सकिने ः जिमेल प्रयोगकर्ताले इमेलहरुलाई क्लययशभ गर्न सक्नेछन् । यसरी क्लययशभ गरिएका इमेलहरु कुनै खास तोकिएको समयमा मात्र इनबक्समा देखा पर्नेछन् ।

नेटिभ अफलाइन सपोर्ट ः अब जिमेलका वेब प्रयोगकर्ताले अफलाइन सपोर्टके फिचर प्राप्त गर्नेछन् । यो फिचर आगामी जुन महिनादेखि उपलब्ध ह’नेछ । आगामी मे मा हुने वाषिर्क सम्मेलनमा गुगलले यसबारेमा घोषणा गर्नेछ ।

न्यु युजर इन्टरफेस ः गुगलले जिमेलको वेब भर्सनको डिजाइनमा भारी परिवर्तन गर्दैछ । कम्पनीले यसबारेमा हालै खुलासा गरेको छ । जिमेल वालको डिजाइन पहिले भन्दा धेरै आकर्षक हुनेछ र धेरै रंगीन लुक्सको प्रयोग गरिएको हुनेछ । (एजेन्सीको सहयोगमा)

प्रकाशित : ३ बैशाख २०७५, सोमबार १५:०४