एभरेष्टले २ अर्बको बोनस दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभरेष्टले २ अर्बको बोनस दिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय सस्थाहरुलाई पूँजी बृद्धि योजना सार्वजनिक गर्न निर्देशन दिएसँगै ठुला वाणिज्य बैंकहरुले धमाधम पूँजी बृद्धि योजना योजना सार्वजनिक गर्न थालेका छन । यसै क्रममा एभरेष्ट बैंक लिमिटेडले  पहिलेको रिजर्भ रिर्जभमा रहेको रकम र गतबर्षको नाफाबाट २ अर्ब २ करोड रुपैंयाको बोनस सेयर दिनेगरि योजना सार्वजनिक गरेको छ ।

बैंकले पहिलेको रिजर्भबाट १ अर्ब २७ करोड ९ नौ लाख रुपैयाँ र गत आर्थिक वर्षको नाफाबाट ७५ करोड रुपैयाँको बोनस दिन लागेको जनाएको छ । यो दुबै जोड्दा २ अर्ब २ करोड नौ लाख हुनेछ । साथै बैंकको पहिलेको जगेडा कोष र बैंकले सार्वजनिक गरेको योजना अनुसार यस वर्ष बाँड्ने बोनस पनि चुक्ता पुँजी ४ अर्ब ३ करोड ८३ लाख रुपैयाँ हुनेछ ।

बैंकको हालसम्म चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ छ । २०७३ साल असार मसान्तसम्म बैंकको चुक्ता पूँजी ६ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ पुर्याउने योजना बैंकले सार्वजनिक गरेको हो । यही वर्ष भित्र २ अर्ब भन्दा चुक्ता पूँजी भएको अर्को बाणिज्य बैंकसँग मर्ज गर्ने कुरा अघि बढी सकेको पनि बैंकले जनाएको छ ।

बैंकको २०७४ असारसम्म बोनस र पब्लिक अफरिङ समेत गरि चुक्ता पुँजी ८ अर्ब २ करोड ८३ लाख रुपैयाँ पुर्याउने योजना छ । बैंकले हरेक वर्षको नाफाबाट बोनस दिने पनि उल्लेख गरेको छ । अर्को वर्ष पनि बैंकले ७५ करोडको बोनस सेयर दिने योजनामा उल्लेख छ ।

प्रकाशित : १४ आश्विन २०७२, बिहीबार १५:२१