प्रभू म्यानेजमेन्ट र निर्धन उत्थान बैंकबीच रेमिट्यान्स संझौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रभू म्यानेजमेन्ट र निर्धन उत्थान बैंकबीच रेमिट्यान्स संझौता



काठमाडौ । प्रभू मनि ट्रान्सफर अन्तरगत प्रभू म्यानेजमेन्ट प्रा लि र निर्धन उत्थान बैंकबीच रेमिट्यान्स संझौता भएको छ । संझौता अनुसार निर्धन उत्थान बैंकका देशैभरीका १ सय ७६ वटै शाखाबाट रेमिट्यान्स कारोबार गर्न सकिने छ । पछिल्लो समयमा ग्रामिण क्षेत्रमा सहकारी मार्फत रेमिट्यान्स कारोवारमा सक्रिय रहेको प्रभू मनि ट्रान्सफरले यो संझौतासँगै लघुवित्त क्षेत्रमा सक्रिय निर्धन उत्थान बैंकका सबै शाखाबाट कारोबार गर्न सकिन म्यानेजिङ डाइरेक्टर कुशुम लामाले बताइन ।

विभिन्न बैंक मार्फत शहरी क्षेत्रमा सक्रिय बैंक तथा बित्तिय संस्थाहरु विस्तारै ग्रामिण तहसम्म पुगेका छन् । यस संझौतासँगै विदेशका जुनसुकै कुनामा बसोबास गर्ने नेपालीहरुले प्रभूबाट पठाएको रेमिट्यान्स निर्धन उत्थान बैंकबाट निकाल्न र नेपाल अधिराज्यभरी नै रकम पठाउन सक्नेछन् । उक्त संझौता पत्रमा प्रभू म्यानेजमेन्टका तर्फबाट म्यानेजिङ डाइरेक्टर कुशुम लामा तथा बजार व्यबस्थापक रोसन रखालले हस्ताक्षर गरेका छन् भने निर्धन उत्थान बैंकका तर्फबाट नायव महाप्रवन्धक भोजराज बस्याल र लेखा प्रमुख मुकेश दाहालले हस्तार गरेका छन् ।

प्रकाशित : १४ आश्विन २०७२, बिहीबार १६:०६