२५ दशमलव ३ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

२५ दशमलव ३ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से उकालो लागेर बन्द भएको छ ।आज नेप्स २५ दशमलव ३ अंकले उकालो लागेको छ। आज कारोबारमा आएको ट्रेडिड. समुहले बाहेक अरु सबै समुहले कमाएका छन् । आज कारोबारमा आएका १६८ कमपनीको २६ लाख ६३ हजार ५ सय ८२ कित्ता सेयरबाट १ अर्ब ११ करोड ५५ लाख ५५ हजार ३ सय ६१ रुपैयाको कारोबार भएको छ।
बिहिबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह ५१ दशमलव २३ अंकले उकालो लागेको छ । आज जलविधुत समुह ४४ दशमलव ८७ अंकले, अन्य समुह २९ दशमलव ६६ अंकले, बैँक समुह २४ दशमलव ५१ अंकले,होटल समुह २१ दशमलव ३२ अंकले, विकास बैँक समुह १६ दशमलव ५७ अंकले, लघुवित्त समुह १४ दशमलव २६ अंकले, उतपादनमुलक समुह ७ दशमलव ९८ अंकले र फाइनान्स समुह ३ दशमलव १३ अंकले उकालो लागेको छ ।
बिहिबार ट्रेडिड समुह भने ओरालो लागेको छ । आज ट्रेडिड. समुह २ दशमलव २ अंकले ओरालो लागेको छ।

प्रकाशित : ६ बैशाख २०७५, बिहीबार १५:१६