धितोपत्र बोर्डको अध्यक्षमा डा .रेवतबहादुर कार्की नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

धितोपत्र बोर्डको अध्यक्षमा डा .रेवतबहादुर कार्की नियुक्त



नेपाल बाणिज्य बैंकका अध्यक्ष डा .रेवतबहादुर कार्कीलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरिएकाे छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई आगामी चार वर्षको लागि नियुक्त गरेको हो ।
नवनियुक्त डा. कार्की पुँजी बजार, वित्त बजार, वृहत अर्थतन्त्रको बारेमा जानकार अर्थविद्को रुपमा परिचित हुनुहुन्छ ।

नवनियुक्त  बोर्डका अध्यक्ष डा. कार्की नेपाल धितोपत्र बोर्डमा सञ्चालक हुनुहुन्थाे । उहाँ सेन्टर फर माईक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत पनि हुनुहुन्थाे  ।

उहाँ भारतको मगधा विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गर्नु भएकाे छ । २५ वर्ष राष्ट्र बैंकमा काम गर्नु भएका  कार्की कार्यकारी निर्देशक पदबाट अवकाश भएकाे थियाे ।

उहाँ मध्यपश्चिममाञ्चल ग्रामीण विकास बैंकको कार्यकारी निर्देशक, नेपाल स्टक एक्स्चेञ्जको महाप्रबन्धक ,अन्तराष्ट्रिय मुद्रा कोषमा सल्लाकार भएर करिब तीन वर्ष काम गरेका] अनुभव रहेकाे छ ।

डा स्वर्णीम वाग्ले, अर्थसचिव सुमन शर्मा र बोर्डको पूर्व अध्यक्ष डम्बर ढुंगेल रहेको सिफारिस समितिले डा कार्की, डा दण्डपाणी पौडेल र निरज गिरीको नाम सिफारिस गरेको थियो ।

प्रकाशित : १६ आश्विन २०७२, शनिबार ०३:४९