अबको बजेटमा निजी क्षेत्रका सुझाव समेत सम्वोधन होस्ः उद्योगी



काठमाडौ । उद्योगी व्यवसायीहरुले आर्थिक वर्ष २०७५÷७६ को वजेटमा निजी क्षेत्रको सुझाबहरुलाई पनि सम्वोधन गरी बजेट तयार पार्न आग्रह गरेका छन् । उद्योगी व्यवसायीहरुका अप्ठेरोलाई ख्याल गरी नयाँं बजेट ल्याएमा ‘समृद्ध नेपाल खुशी नेपाल’ को सरकारी नारा पूरा हुने उनीहरुले बताए ।

नेपाल चेम्वर अफ कमर्सले ‘आगामी वर्षको बजेट र राजश्व नीति तर्जुमा गर्ने सम्न्दर्भमा व्यवसाय सञ्चालनका चुनौती’ विषयमा सोमबार राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीहरुले व्यवसायीहरुको हित अनुकुुल हुने गरी बजेट ल्याउन सके मुलुक समृद्धितर्फ जाने बताए ।


कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले सवैले सहज तरिकाले व्यापारव्यवसाय चलाउन पाउने गरी बजेट आउनुपर्नेमा जोड दिए । उनले बजेट ल्याउनु अघि निजी क्षेत्रले दिएका सुझाबहरु पनि समेटने गरी आउनुपर्नेमा विशेष माग राखे ।

राजश्व सचिव शिशिरकुमार ढुंगानाले उद्योगी व्यवसायीहरुका बस्तुनिष्ठ तथा कार्यान्वयनयोग्य सुझाबहरुको सम्वोधन गरी नयाँं बजेट ल्याउने आश्वासन दिए । उनले राजश्व संकलनलाई मध्यनजरी गरी आर्थिक समृद्धिका आधार तय गर्ने गरी नयाँं बजेट आउने जानकारी दिए । मुलुकले दिएको आर्थिक सम्बृद्धिका लागि निजी क्षेत्रसँंग सहकार्य गरी अगाडि वढ्न सरकार तयार रहेको उनले बताए ।

कार्यक्रममा भन्सार विभागका महानिर्देशक तोयम राय, आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपाललगायतले स्वच्छ प्रशाशन अहिलेको आवश्यकता रहेको बताए । कार्यक्रममा विभिन्न क्षेत्रका उद्योगी व्यवसायीले उठाएका समस्याहरुबारे राजश्व सचिव ढुंगानाले जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
यी हुन डबलको आइएमई डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता

आइएमई सेवाग्राही विशाल नगरकोटी दसैँमा डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता

समाज लघुवित्तको साधारणसभा कात्तिक २९ गते, यस्ता छन एजेन्डा

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले साधारण सेयर निष्कासन गर्ने प्रस्ताव सहित कात्तिक

दुर्गेशको गीत युट्युबबाट हट्यो

काठमाडाै‌ । विवादित गीत युट्युबबाट हटाएसँगै प्रहरीले गायक दुर्गेश थापालाई छाडेको छ। तिहारको

सुपर सिक्स क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक

काठमाडौं। छैटौं संस्करणको कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक भएको