पेट्रोलियम पदार्थ लैजान आइओसीको टेलिफोन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पेट्रोलियम पदार्थ लैजान आइओसीको टेलिफोन



oil nigamकाठमाडौं । भारतले नाकाबन्दी खोल्न आफ्ना निकायहरूलाई निर्देशन दिएसँगै पेट्रोलियम पदार्थको आयात सहज हुने भएको छ । भारत सरकारले वीरगन्जस्थित रक्सौल नाकाबाहेक काँकडभिट्टा, भैरहवा, विराटनगर, नेपालगन्ज, कञ्चनपुर, धनगढीलगायतका नाकाबाट पेट्रोलियम पदार्थ ढुवानी गर्न दिन सकारात्मक रहेको सन्देश पठाएको छ ।

इन्डियन आयल निगम (आईओसी) का उच्च अधिकारीले शनिबार साँझ ६ बजे नेपाल आयल निगम (एनओसी) लाई पेट्रोलियम पदार्थ लोड गर्न ट्यांकर पठाइदिन टेलिफोनमार्फत आग्रह गरेका थिए । एनओसीका कार्यकारी निर्देशक गोपाल खड्काका अनुसार आईओसीका उच्च अधिकारीले फोनमार्फत रक्सौलबाहेक अन्य नाकाबाट पेट्रोलियम पदार्थ लोड गरेर लैजान अनुरोध गरेका हुन् ।

‘साँझ आईओसीका अधिकारीले टेलिफोन गरी ट्यांकर पठाएर रक्सौल नाकाबाहेक अन्य नाकामार्फत सम्बन्धित डिपोबाट पेट्रोलियम लैजान आग्रह गरेका थिए’, कार्यकारी निर्देशक खड्काले भने, ‘हामी भोलिदेखि नै पेट्रोलियम पदार्थ भित्राउन आन्तरिक तयारी गर्छौं ।’ रक्सौल नाकाबाट भित्राउने विषयमा भने भारतले सकारात्मक जबाफ नदिएको उनले बताए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित : १७ आश्विन २०७२, आईतवार ०४:४८