एनएमबी बैंकको एकिकृत कारोबार कार्तिक १बाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एनएमबी बैंकको एकिकृत कारोबार कार्तिक १बाट



काठमाडौं एनएमबी बैंकसंग क्लिन इनर्जी डेभलपमेन्ट बैंक, पाथिभरा विकास बैंक, भृकुटि डेभलपमेन्ट बैंक र प्रुडेन्सियल फाइनान्सको मर्जरको प्रक्रिया टुंगोमा पुगेको छ । यी पाँच बैंक तथा वित्तीय संस्थाहरु बिचको मर्जर प्रक्रिया गत एक वर्षदेखी हुँदै आएको थियो ।

गत बुधबार नेपाल राष्ट्र बैंकको संचालक समितिको बैठकले यी पाँच बैंक तथा वित्तीय संस्थाहरु बिचको मर्जर प्रक्रियालाई अन्तिम स्विकृति दिएको छ । अन्तिम स्विकृति पाएसंगै बैंकले कार्तिक १ गते देखी एकिकृत कारोबार सुरु गर्ने जनाएको छ ।

प्रकाशित : १७ आश्विन २०७२, आईतवार ०५:०६